ad ad

कारोबार


काठमाडौंमा सहुलियत मूल्य पसल सञ्चालनमा

काठमाडौंमा सहुलियत मूल्य पसल सञ्चालनमा

नेपालखबर
भदौ २३, २०७६ सोमबार ११:५४,

सरकारले दसै, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा सहुलियत मूल्य पसल सञ्चालन गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले काठमाडौंको रामशाहपथस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विक्री कक्ष भवनमा दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सोमबारबाट ‘एकीकृत सहुलियत मूल्य पसल’ सञ्चालनमा ल्याएको हो।

कार्तिक १७ गतेसम्म सञ्चालन हुने सो पसल देशको मुख्यमुख्य सहरमा पनि सञ्चालन हुनेछन्। ती पसलहरुमा घ्यूमा प्रतिकेजी ५० रुपैयाँ छुटको व्यवस्था गरिएको छ भने पनिरमा प्रतिकेजी १० रुपैयाँ छुट गरिएको दुग्ध विकास संस्थानका नारायणप्रसाद ढुंगानाले जानकारी दिए।

त्यसैगरी चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ। चामल, दाल बोरामा १० रुपैयाँदेखि २० रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको पनि साल्ट ट्रेडिङका ब्रेजेशकुमार झाले जानकारी दिए।

साल्ट ट्रेडिङले चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा ६ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको भने देशका मुख्यमुख्य सहरहरुमा गरी जम्मा ३४ वटा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .