ad ad

कारोबार


प्रभु बैंकको कालाबञ्जर शाखा कार्यालय सञ्चालनमा

प्रभु बैंकको कालाबञ्जर शाखा कार्यालय सञ्चालनमा

नेपालखबर
भदौ २३, २०७६ सोमबार १०:२९,

प्रभु बैंक लिमिटेडले आजदेखि सुुुुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका ५ स्थित कालाबञ्जरमा आफ्नो १९५औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकको कालाबञ्जर शाखा कार्यालयको उद्घाटन वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले गरेका हुन्।

बैंकको कालाबञ्जर शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि तथा नगरप्रमुख निलम खनालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए। उनले बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको टिप्पणी गरे। उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।

बैंकको कालाबञ्जर शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कालाबञ्जर शाखा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले गत आवमा २ अर्ब ८६ करोड ७६ लाख ९३ हजार मुनाफा कमाएको थियो। बैंकले हाल १ सय ९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखारहित बैंकिङ्ग तथा १ सय ५२ एटीएममार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .