नबिल बैंक लिमिटेडले बैंकको स्तरोन्तीका लागि केही दिन बैंकका सबै सेवा बन्द गर्ने भएको छ।
शुक्रबार सूचना प्रकाशित गरी बैंकले आज अपरान्ह ४ बजेदेखि सोमबार बिहान ९ बजेसम्म सेवा बन्द हुने जानकारी दिएको हो।
यो अवधिमा बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम कार्ड (क्रेडिट, प्रिपेडबाहेक), रेमिट्यान्सलगायतका सेवा तथा सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने बैंकले जनाएको छ।
प्रतिक्रिया