सरकारले असार २५ गतेसम्म कर तिर्ने समय दिएको छ।
आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै कर विवरण तथा कर दाखिला गर्न असार २५ गतेसम्मको म्याद दिएको हो।
विभागका अनुसार २०७७ साल चैत र २०७८ वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ।
२०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ।
आयकर ऐन २०७८ बमोजिम २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनु पर्ने अन्त:शुल्क विवरण तथा सो विवरण बमोजिमको अन्त:शुल्क पनि सोही अवधिमा बुझाउन पाइने छ।
२०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको विभागले जनाएको छ।
सर्वोच्च अदालतले मंगलबार सरकारलाई कर उठाउने बाटो खोलिदिएको छ।
यो पनि :
सर्वोच्चले सरकारलाई खोलिदियो कर उठाउने बाटो (आदेशसहित)
प्रतिक्रिया