सरकारले विभिन्न किसिमका करदातालाई आयकर छुटको व्यवस्था गरेको छ।
आव २०७७÷०७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्म कारोबार भएका करदातालाई ९० प्रतिशत, वार्षिक २० देखि ५० लाख आय भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि १ करोडसम्मको कारोबार भएको करदातालाई ५० प्रतिशतले आयकर छुट दिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका हुन्।
उनका अनुसार कोभिड १९ बाट अत्यधिक प्रभावित होटल, ट्राभल, ट्रेक, यातायात, हवाइ सेवा, चलचित्र उद्योग र सञ्चारगृहको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्याइएको बताए।
आगामी आर्थिक वर्षको राजस्व नीति र करका दरहरु निर्धारण गर्दा मानव स्वास्थ्य र आर्थिक संकटबाट सिर्जित प्रतिकूल अवस्थामा करदातालाई राहत तथा सहुलियतसहित शीघ्र आर्थिक सहुलियत र पुनरुत्थानलाई उच्च प्राथमिकता दिएको उनले बताए।
उनका अनुसार उक्त राजस्व परिचालन कोभिड १९ बाट प्रभावितलाई करछुट र सहुलियत दिने, राजस्व नीतिको माध्यमबाट आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धन, स्वदेशी उद्योगको संवद्र्धन, व्यापार सहजीकरण गर्ने, करको दायरा विस्तार, कराधार संरक्षण, राजस्व चुहावट नियन्त्रणको माध्यमबाट थप राजस्व परिचालन गर्ने, राजस्व प्रणालीलाई पारदर्शी र स्वच्छ बनाउने, राजस्व प्रशासनको क्षमता वृद्धिमा गरिनेछ।
प्रतिक्रिया