बुधबार त्रिभुवन विमानस्थलमा ३ जहाजले कार्गो र यात्रु ल्याउँदै छन्।
चिनियाँ हवाइ सेवा प्रदायक कम्पनीहरु सिचुवान एयरलाइन्स र एयर चाइनाले चीनको छेन्दुबाट कार्गो लिएर बुधबार बिहान काठमाडौं आइपुगेका छन्।
त्यस्तै हिमालय एयरलाइन्सले पनि चीनको कुनमिङबाट कार्गो लिएर बिहानै त्रिभुवन विमानस्थल आइपुगेको छ।
नेपाल एयरलाइन्सको जहाज एयर ट्राभल बबलअन्तर्गत काठमाडौं–दिल्ली उडान गर्दै छ।
उक्त जहाजले दिल्लीबाट नेपालीसहित भारतीय समेत ल्याउन पाउनेछ।
दिउँसो पौने ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने कार्यतालिका छ। एयर ट्राभल बबल सुविधामा आएका सबै सरकारले तोकेका होटलमा कम्तीमा १० दिन क्वारेन्टिन बस्नुपर्नेछ।
बुधबार हिमालय एयरलाइन्सले कुनमिङबाट कार्गो लिन राति सवा ८ बजे जाने कार्यतालिका रहेको छ।
हिमालय एयरलाइन्सको २ घण्टा नेपाली आकाशमा ट्रेनिङ फ्लाइट समेत रहेको त्रिभुवन विमानस्थलले जनाएको छ।
प्रतिक्रिया