साताको पहिलो कारोबार दिन आज सेयरबजार ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १८.५६ अंकले र सेन्सिटिभ सूचक २.३१ अंकले ओरालो लागेको हो।
आजको कारोबारमा २१९ कम्पनी सामेल भएका छन्। दिनभरिमा ७५ हजार ४६ पटकको खरिदबिक्रीपछि ६ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
आज कुल १ करोड २७ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।
आइतबार १३ वटै समूहका सूचक राताम्य भएका छन्। सबैभन्दा बढी जीवन बीमा सूचक १४७.६४ अंकले ओरालो लागेको छ।
कारोबारका आधारमा एनसीसी बैंक अग्रस्थानमा छन्। उसको २८ करोड ८६ लाखको कारोबार भएको हो। त्यस्तै कुमारी बैंक लिमिटेडको पनि २८ करोड ३४ लाखको कारोबार भएको छ। यसबाहेक हिमालयन डिस्टिलरीको पनि २४ करोड सेयर कारोबार भएको छ।
आज लगानीकर्ताले १० प्रतिशतसम्म कमाइ गर्दा गुमाउनेले पनि सोही दरमा गुमाएको नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार आज बजारमा ३६ खर्बको पुँजीकरण पुग्दा १२ खर्ब रुपैयाँको तरलता छ।
Shares
प्रतिक्रिया