ad ad

कारोबार


‘सेल्फी विथ डटर्स’ मुभमेन्टले नेपाल-भारत सम्बन्ध प्रगाढ बनाउने अपेक्षा

‘सेल्फी विथ डटर्स’ मुभमेन्टले नेपाल-भारत सम्बन्ध प्रगाढ बनाउने अपेक्षा

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १५:४९,

लैंगिक समानताका लागि भारतीय सुनिल जागलनले सुरु गरेको दुई अभियान ‘सेल्फी विथ डटर’ तथा ‘डटर्स नेम प्लेट’ले भारतमा धेरै ख्याती कमायो।

महिला शसक्तिकरण तथा लैंगिक समानताको मूल मर्म बोकेका यी दुई अभियानलाई हाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले र पूर्वराष्ट्रपति प्रणब मुखर्जीको फाउण्डेसनले समेत अगाडि बढाइरहेको छ।

नेपाल र भारतबीच पहिलेदेखि नै दरिलो सम्बन्ध रहिआएको कारण दुई मुलुकबीच एक अर्काले उठाउने नारा तथा अभियानले एकअर्कोमा संस्कृतिक परिवर्तन ल्याउन सघाउ पुर्याउँदै आइरहेको छ। यहि कुरालाई मध्यनजर गर्दै अब नेपालले पनि यी दुई अभियानलाई औपचारिक रुपमा अगाडि बढाउँदैछ।

यसबीच हालै नेपाल इन्टरनेट फाउण्डेसनका संस्थापक अध्यक्ष विक्रम श्रेष्ठ र सेल्फी विथ डटर्स, भारतका निर्देशक सुनिल जागलनबीच एमओयूमा हस्ताक्षर भएको छ।

उक्त अवसरमा सुनिल जागलनले सुरु गरेका ती दुवै महत्वपूर्ण अभियानलाई नेपालीहरुले पनि उत्तिकै रुचाएको र यस कुरालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पूर्व राष्ट्रपति मुखर्जीले समेत प्रशंसा गरेका थिए।

डटर्स नेम प्लेट अभियानलाई हाल हरियाणा लगायत भारतका विभिन्न राज्यहरुले समेत अगाडि बढाइरहेका छन्। दुवै अभियानबाट प्रभावित भएपछि फाउण्डेसनका संस्थापक श्रेष्ठले सर्पञ्च सुनिल जागलनलाई आफैँ भेटेर एमओयू हस्ताक्षर गर्दै दुवै अभियानलाई नेपालमा पनि यहिँको निमयभित्र बसेर अगाडि बढाउने बताउँदै प्रतिबद्धता जाहेर गरेका हुन्। फाउण्डेसनले अभियान अगाडि बढाउने क्रममा विभिन्न सिरिज इभेन्ट समेत आयोजना गरेर लैजाने संस्थापक श्रेष्ठले जानकारी दिएका छन्।

नेपाल इन्टरनेट फाउण्डेसन अर्थात् एनआईएफले समाज, सामग्री, अनुसन्धान तथा प्रविधिका क्षेत्रमा भएका खाडललाई पुर्ने अवधारणा तथा कार्यक्रमहरुलाई समर्थन गर्दै आईरहेको छ। फाउण्डेसनले इन्टरनेट तथा सञ्चारको प्रयोगलाई बढाउन विभिन्न व्यक्ति, समुदाय, सरकार, गैर तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था लगायतसँग मिलेर काम गरिरहेको छ।

साथै यसले इन्टरनेट गभर्नेन्स, डिजिटल शिक्षा तथा सामाजिक शसक्तिकरणका लागि योगदान समेत दिँदै आइरहेको छ। हाल फाउण्डेसनले यी दुई अभियानमार्फत देशमा महिलाहरुको शसक्तिकरणलाई बढाउने उदेश्य लिएको छ।

नेपालमा पनि ९ जूनलाई सेल्फी विथ डटर डेका दिनमा मनाउन श्रेष्ठले सुनिल जागलन र उनको टिमलाई निमन्त्रणा दिएका छन्। नेपालमा पनि यो अभियान निकै लोकप्रिय हुने श्रेष्ठको भनाई छ।

नेपालमा यस अभियानलाई वूमन आन्टप्रिनियर्स असोसिएशन नेपाल र जेसीआई बूढानीकलण्ठले सहयोग गर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .