ad ad

कारोबार


नबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघबीच सम्झौता

नबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघबीच सम्झौता

नेपालखबर
चैत २२, २०७७ आइतबार १२:४१,

नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघबीच सेवा आदानप्रदानबारे सम्झौता भएको छ।

स्थानीय तयारी पोशाक उत्पादन व्यवसँयीहरुलँई आवश्यकताअनुसार बैंकको कर्जानीतिको अधीनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता गरेको नबिल बैंकले जनाएको छ।

एसएमई तथा लघुवित्त, नबिल बैंकका प्रमुख निरज कुमार बस्नेत (डनिल) र संघका अध्यक्ष किशोर नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सो कार्यक्रममा नबिल बैंकको तर्फबाट मनोज कुमार यादव, प्रबन्धक–लघुवित्त विभाग र एन.एस.टी.पि.उ.एसको तर्फबाट सुमित प्रधान, उपाध्यक्षको उपस्थिति थियो।

साझेदारीको बारेमा बोल्दैै बस्नेतले भने, ‘राष्ट्रको विकास केवल स्थानीय व्यवसायको उत्थानस“गै दिगो सीपको विकास, उत्पादनमा वृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तिय पहु“चको माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामा नबिल बैंक विश्वास रँख्दछ।’

यस रणनीतिक साझेदारीस“गै बैंकले देशको आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्यका साथ स्थानीय तयारी पोशाक निर्माताहरुलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत विभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने भएको छ।

यस सहकार्यमार्फत देशभरका स्थानीय व्यवसायीहरुको ‘मेक इन नेपाल’ उत्पादनहरुलाई प्रोत्साहन गरी सहयोग पु¥याउन उत्साहित रहेको उनले बताए।

त्यस्तै नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघका अध्यक्ष किशोर नेपालले नेपाली उत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’ भन्ने मूल नाराका साथ संघ स्थापना भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .