ad ad

कारोबार


लगानीयोग्य रकम घट्दा पनि बैंकहरुले किन घटाउँदै छन् निक्षेपको ब्याजदर?

लगानीयोग्य रकम घट्दा पनि बैंकहरुले किन घटाउँदै छन् निक्षेपको ब्याजदर?

दीपक भट्ट
चैत २, २०७७ सोमबार ६:१२,

नेपाली बैंकहरुमा कोरोनाको समयमा अधिक तरलता अर्थात् बैंकहरुमा रहेको लगानीयोग्य रकम धेरै रहेको थियो।

तर कोरोनापछि खुलेको बजारमा अधिक रुपमा कर्जा प्रवाह हुँदा अधिक तरलताको स्थिति अहिले सामान्य अवस्थामा पुगेको छ। तैपनि बैंकहरुले अहिले निक्षेपतर्फको ब्याजदर घटाएका छन्।

चैत महिनाको लागि धेरै बैंकहरुले दररेट परिवर्तन गरेर ब्याजदर सार्वजनिक गरेका हुन्।

हिमालयन बैंकले सार्वजनिक गरेको नयाँ दररेटअनुसार मुद्दतीतर्फको ब्याजदर घटाइएको छ। बैंकले ४ प्रतिशतदेखि ७ प्रतिशतसम्मको रहेको बैंकको मुद्दती खाताको ब्याजदरलाई ३ दशमलव ५ देखि ६ दशमलव ५ प्रतिशतमा झारेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले चैत महिनाको ब्याजदर सार्वजनिक गर्दै पुस महिनाकै आधार दर ६ दशमलव ०७ प्रतिशत कायम गर्ने जानकारी गराएको छ।

बैंकले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘मुद्दतीतर्फ परिपक्व हुने समयका आधारमा ४ दशमलव ५ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याजदर कायम हुने र बैंकले साधारण बचततर्फ २ देखि ४ प्रतिशतसम्म ब्याजदर हुनेछ।’

एभरेष्ट बैंकले चैतको लागि साधारण बचतमा २ देखि ४ प्रतिशतसम्म ब्याजदर मुद्दती खातामा ४ दशमलव ७५ प्रतिशतदेखि ६ दशमलव ७५ प्रतिशत ब्याज दिइने उल्लेख गरेको छ।

सेन्चुरी कमर्सियल बैंकले साधारण निक्षेपतर्फ २ दशमलव ७५ प्रतिशतदेखि ४ दशमलव ७५ प्रतिशतसम्म ब्याज र मुद्दतीतर्फ ५ दशमलव ५० देखि ७ दशमलव ५० सम्म ब्याजदर दिने उल्लेख गरेको हो।

एसबीआई बैंकले साधारण बचतमा भने बैंकले २ देखि ३ दशमलव १६ प्रतिशतको ब्याजदरले रहने योभन्दा अघिकै व्यवस्था अघि सारेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा २ खर्ब रुपैयाँको अधिक तरलता पुगेको थियो।

क्रमिक रुपमा घट्ने क्रममा माघ मसान्तसम्ममा १ खर्ब रुपैयाँमा झरेको थियो। तर फागुन मसान्तमा आइपुग्दा ४० अर्बको मात्रै तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

यस तथ्याङ्कले नेपालको लगानी अधिक मात्रामा भइरहेको देखाएको छ। वाणिज्य बैंकहरुको मात्रै कुरा गर्ने हो भने फागुन ७ गतेदेखि १४ गतेसम्म अर्थात् एक हप्तामै २७ अर्ब रुपैयाँ कर्जा लगानी भएको नेपाल बैंकर्स संघको तथ्याङ्कले देखाएको छ।

यो भनेको इतिहासमा नै बढी कर्जा प्रवाह भएको हाे। जसले अहिले अधिक तरलता कम गराएको छ।

तर पनि बैंक तथा वित्तीय संस्थाहरुहरुले चैत महिनाको लागि सार्वजनिक गरेको गरेको विवरणले निक्षेपलाई आकर्षित गरेको छैन।

उनीहरुले चैत महिनामा पनि निक्षेपतर्फको ब्याजदरलाई कम गराइरहेको सार्वजनिक विवरणले देखाएकाे हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .