ad ad

कारोबार


८० करोडको ‘कुमारी इक्विटी फन्ड’ निष्काशन यही फागुन १४ गते

८० करोडको ‘कुमारी इक्विटी फन्ड’ निष्काशन यही फागुन १४ गते

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ५:४५,

कुमारी क्यापिटलको व्यवस्थापन र कुमारी बैंकको प्रवर्द्धन रहेको १० वर्षे बन्दमुखी योजना रहेको १० रुपैयाँ अंकित दरको आठ करोड इकाइको ‘कुमारी इक्विटी फण्ड’मध्ये ६ करोड ८० लाख इकाइ निष्काशन १४ गते गरिने भएको छ।

फन्डको १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाइ कोष प्रवर्द्धक कुमारी बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ यही फागुन १४ गते शुक्रबारदेखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिने कम्पनीले जनाएको हो।

योजना व्यवस्थापन गर्ने कुमारी क्यापिटल लि.ले इक्रा नेपालबाट एएमसी ३ रेटिङ्ग प्राप्त गरेको छ। योजना सूर्य प्रसाद कोइराला, भरतराज पोखरेल, कृष्ण प्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजित कुमार तिमल्सिना गरी ५ जना विशिष्ट अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा सञ्चालन हुनेछ।

योजना व्यवस्थापकले बृहत् अध्ययन तथा विश्लेषणको आधारमा इकाइ बिक्रीबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित व्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ। नेट एसेट भ्यालु ः १० रुपैयाँबाट सुरु भई अन्तिम वर्ष (लाभांश वितरण पश्चात) सम्म २२.४९ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।

लाभांश र पुँजी वृद्वि समेत गरी औसत प्रतिफल २२ प्रतिशत प्रक्षेपण गरिएको छ। सेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्यूनीकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना व्यवस्थापकको धारणा छ।

व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाइमा लगानी गरी धितोपत्रबजारबाट प्राप्त हुने लाभ लिन सकिनेछ। निष्काशन गरिएको इकाइहरु बाँडफाँट गरेपश्चात् दोस्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत तथा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने व्यवस्था गरिनेछ।

यस योजनाको इकाइमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणालीअन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ। आवेदन गर्दा न्यूनतम १,०० इकाइ र अधिकत ८० करोड इकाइसम्म आवेदन गर्न सकिने व्यवस्था छ। उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संस्थाहरुले १४ गतेदेखि २८ गतेसम्म आवेदन दिने व्यवस्था गरिएकोे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .