ad ad

कारोबार


स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन, आइडिया पठाउन १५ दिन म्याद थप

स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन, आइडिया पठाउन १५ दिन म्याद थप

नेपालखबर
फागुन २, २०७७ आइतबार १२:२१,

स्टार्टअप आइडिया कल कार्यक्रममा आइडियामा ८ सय ७० जनाको आवेदन परेको छ।

बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले आयोजना गरेको नवप्रवर्तन भएको प्रस्ताव आह्वानको मिति समेत १५ दिन सम्म थप भएको छ।

बागमती प्रदेश र यस प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरुले आफनो आइडिया पठाउनका लागि समय अपुग भएको र अन्तिम पटक म्याद थपका लागि अनुरोध गरेबमोजिम एकपटकका लागि मात्र १५ दिन अवधि रहने गरी यहि मिति २०७७ फागुन १५ गतेसम्म आइडिया पठाउने समय थप गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए।

गत मंसिर २४ गते बाट सुरु भई माघ मसान्तसम्म आवेदन माग गरिएकोमा माघ मसान्तसम्म ८७० वटा आवेदन पर्न गएको स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले जानकारी दिए।

उत्पादन र सेवामुलक क्षेत्रमा सिर्जनात्मकरुपमा उद्यम गर्न चाहने युवाहरुको संख्या बढिरहेको र उनीहरुले समय थप गर्न आग्रह गरेबमोजिम फेरि नथप्ने गरी म्याद थप गरिएको प्रष्ट पारे।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्राप्त आइडियाहरुमध्ये उत्कृष्ट आइडिया छनौट गरी निशुल्क तालीम प्रदान गर्ने, पुरस्कृत गर्ने र सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेलगायतका उद्यमी बन्नका लागि आवश्यक पूर्ण प्याकेजको कार्यक्रम भएकाले नै नेपाली युवाहरुमा उत्साह थपिएको र यसलाई सफल बनाउन मन्त्रालय, बैंक र फाउण्डेशनले मिलेर काम गरिरहेको बताए।

प्रस्ताव पठाउन र यससम्वन्धी थप जानकारीका लागि (लिंक खोल्नुहोस्) वेभसाइट रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .