ad ad

कारोबार


एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्चको अन्तरिम आदेश

एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्चको अन्तरिम आदेश

नेपालखबर
माघ २५, २०७७ आइतबार १२:३३,

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आन्तरिक राजश्व विभाग समेतको नाममा अन्तरिम आदेश जारी गर्दै तत्काल कर नउठाउन भनेको हो।

ठूला करदाता कार्यालयले पुस २९ गते पत्र जारी गरेपछि एनसेल सर्वोच्च पुगेको थियो।

सर्वोच्चले यसअघि पनि प्रक्रिया अगाडि नबढाउन आदेश दिएको थियो। तर सोही दिन कर कार्यालयबाट एनसेलमा कर चुक्ताको पत्र पुगेको थियो।

एनसेलको स्वामित्व परिवर्तनमा आयकर ऐन २०५८ को दफा ५७ अनुसार ६० अर्ब रुपैया पुँजीगत लाभकर निर्धारण गरेको थियो।

२०७२ मा एनसेल खरिदबिक्री हुदा टेलियासोनेराबाट आक्जिआटामा स्वामित्व हस्तान्तरण भएको थियो। 

पुँजीगत लाभकरको विषय टुंगिएपछि स्वामित्व नियन्त्रणमा परिवर्तन गर्दा लाग्ने करको विषय अहिले उठेको हो।

सोही विषयमा ठूला करदाता कार्यालयले पुस २९ गते कर तिर्न भन्दै एनसेललाई पत्र जारी गरेपछि त्यसविरुद्ध एनसेलले सर्वोच्चमा मुद्धा दायर गरेको थियो।

यो पनि:

- एनसेलको लाभकर सबै चुक्ता, जरिवाना स्वरुप मात्रै ९ अर्ब

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .