ad ad

कारोबार


मलेसियाबाट १७ शव नेपाल ल्याउन निगमको वाइडबडी आज राति क्वालालम्पुर उड्ने

मलेसियाबाट १७ शव नेपाल ल्याउन निगमको वाइडबडी आज राति क्वालालम्पुर उड्ने

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ९:४,

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज लामो समयदेखि रोकिएका नेपालीका १७ शव लिन आज राति मलेसिया जाने भएको छ।

वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपाली कामदारको मृत्यु भएसँगै उनीहरुको शव मलेसियामै रोकिएका थिए।

तिनै शव लिन वाइडडी जहाज शुक्रबार अर्थात् आज राति ११ः४० मा क्वालालम्पुर जानलागेको निगमले जनाएको छ। शव बोकेर वाइडबडी शनिबार बिहान ८ बजे नेपाल आइपुग्ने निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्।

‘लामो समयदेखि मलेसियामा रहेका शव ल्याउन निगमको वाइडबडी जहाज त्यसतर्फ जाने भएको हो’, उनले भनिन्।

निगमले क्वालालम्पुर उडान न्यारोबडी जहाजमार्फत गर्दै आएको थियो।

१७ शव ल्याउन न्यारोबडीमा नमिल्ने भएपछि वाइडबडी जहाज प्रयोग गरिएको उनले जानकारी दिइन्।

वाइडबडीले एकपटकमा बढीमा १८ शव बोक्न सक्छ।

निगमले व्यावसायिक उडानभन्दा पनि सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले मलेसिया जान लागेको बताएको छ।

‘निगम राष्ट्रिय ध्वजावाहक भएको नाताले मुनाफा वा फाइदाभन्दा पनि नागरिकको सेवा सुविधा एवं सामाजिक उत्तरदायित्व वहन गर्न पनि जिम्मेवार छौँ’, प्रवक्ता श्रेष्ठले भनिन्, ‘निगमले यसअघि पनि विभिन्न स्थानबाट नेपाल वायुसेवा निगमले शव ल्याउँदै आएको छ।’

निगमले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्य गर्दै आएको छ भने दीर्घरोगीहरुलाई टिकटमा समेत छुट दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .