ad ad

कारोबार


गोल्डस्टारको नयाँ शोरुम पोखराको पृथ्वीचोकमा

गोल्डस्टारको नयाँ शोरुम पोखराको पृथ्वीचोकमा

नेपालखबर
पुस २३, २०७७ बिहिबार १०:३७,

गोल्डस्टारको नयाँ शो रुम पृथ्वीचोकमा सञ्चालनमा आएको छ। राजन केसी र स्वस्तिका केसीले उक्त स्वरुम सञ्चालनमा ल्याएका हुन्।

दुई वर्षअघि सिद्धार्थचोकपछि अब पृथ्वीचोकबाट समेत सेवा प्रवाह गरिने भएको हो। बिहीबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मलेनमा शोरुमको विषयमा जानकारी दिँदै संचालक राजन केसीले औपचारिक रुपमा यही पौष २६ गते उद्घाटन गरिने बताए। उद्घाटनमा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री वर्षा राउत आउने कार्यक्रम तय भएको उनले बताए।

केसीले ग्राहकको सहज सुविधाका लागि आफूहरुले गोल्डस्टारको नयाँ शोरुम खोलेको जानकारी गराए। एउटै छानामुनि गोल्डस्टारका सम्पूर्ण मोडलका जुत्ता विक्रीवितरण गर्ने लक्ष्य केसीको छ। नेपालमै उत्पादन भएको गोल्डस्टारका जुत्ता पोखरामा सजिलै प्रवाह गर्ने उदेश्यस्वरुप नयाँ स्वरुम संचालनमा आएको हो।

केसीले गोल्डस्टार सबै उमेर समूहको रोजाई भएको बताए। बाहिर भन्दा गोल्डस्टारकै शो रुमबाट जुत्ता खरिद गर्दा रकम सँगै गुणस्तरमा फरकपन आउने उनको भनाई छ। गोल्डस्टारको पोखरामा राम्रो मार्केट रहेको उनले जानकारी गराए।

केसीले भने, ‘गोल्डस्टार जुत्ता पहिले एकै ठाउँमा पाइदैन्थ्यो। अहिले एकै ठाउँबाट ग्राहकले सेवा लिने अवसर पाएका छन्। त्यसैले पोखराको मार्केट राम्रो छ।’

दैनिक ३५ देखि ४० जोडी जुत्ता बिक्रीवितरण हुने गरेको केसीले बताए। उनले शोरुममा कम्पनीले नै तोकेको दररेटमा पनि १० प्रतिशत छुट दिएर सेवा दिइरहेको जानकारी गराए। उद्घाटनका अवसरमा पौष २६ देखि २८ गतेसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए। ३५ देखि ४० लाख हाराहारी लगानीमा उक्त शोरुम संचालनमा आएको हो।

गोल्डस्टारका बजार प्रतिनिधि विनोद अधिकारीले गोल्डस्टारको स्थापना सन् १९७० मा भएको जानकारी गराए। उनले गोल्डस्टारको ३ सय ५० भन्दा बढी प्रकारका उत्पादन रहेको उल्लेख गरे। ३ सय ५० रुपैयाँ देखि २ हजार ५ सय रुपैयाँसम्मको गोल्डस्टार जुत्ता बजारमा पाइने अधिकारीले जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .