ad ad

कारोबार


दैनिक ३ अर्ब हाराहारीमा ऋण प्रवाह

दैनिक ३ अर्ब हाराहारीमा ऋण प्रवाह

नेपालखबर
पुस २३, २०७७ बिहिबार ५:५८,

कोरोना महामारीले दर्दनाक अवस्थामा पुगेको अर्थतन्त्र चलायमान हुनथालेको बैंकको ऋण प्रवाहले संकेत गरेको छ। अहिले दैनिक ३ अर्ब रुपैयाँ हाराहारीमा ऋण प्रवाह भइरहेको पाइएको हो।

नेपाल बैंकर्स संघले दिएको जानकारीअनुसार हाल पुस पहिलो सातायता औसतमा ३ अर्ब रुपैयाँ दैनिक ऋण प्रवाह हुनथालेको हो।

यसको अर्थ लगानी बढ्नथालेको छ। लामो समय बैंकहरुमा तरलता थुप्रिएको थियो।

संघले भनेको छ, ‘पुस १७ गतेसम्ममा बैंकहरूले ३१ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यसमा ३० खर्ब ५५ अर्ब स्वदेशी मुद्रामा र १ खर्ब ७ अर्ब रुपैयाँ वैदेशिक मुद्रामा कर्जा लगानी भएको छ।’

एक महिनामा बैंकहरूले ७८ अर्ब रुपैयाँभन्दा माथिको ऋण लगानी गरिसकेका छन्।

नेपाल राष्ट्र बैंकले भने हालसम्म कात्तिक मसान्तसम्मको मात्रै तथ्याङ्क सार्वजनिक गरेको छ।

त्यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ प्रतिशतले बढेको थियो।

यो अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.९ प्रतिशतले र विकास बैंकहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.५ प्रतिशतले घटेको छ।

२०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ। २०७६ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.५ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकले भनेको छ, ‘आर्थिक वर्ष २०७७/०७८ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले बढेको छ।’

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ५.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.३ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा ७.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.८ प्रतिशतलेर मार्जिन प्रकृति कर्जा २१.६ प्रतिशतले बढेको छ भनेट्रष्ट रिसिट (आयात) कर्जा २.८ प्रतिशतले र हायर पर्चेज कर्जा ३.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .