ad ad

कारोबार


कुमारी बैंक र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच सम्झौता

कुमारी बैंक र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच सम्झौता

नेपालखबर
पुस १४, २०७७ मंगलबार ९:३२,

आफ्ना ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र बिरगञ्ज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ।

कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्धार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनुले हस्ताक्षर गरेको उक्त सम्झौता–पत्र अनुसार सात्विक आयुर्वेद अस्पतालमा ओपीडी, प्याथोलोजी, पञ्चकर्म र औषधिमा ५ प्रतिशतसम्म, थेरापी, लगायत आईडीपी (बेडचार्ज) मा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकले आफ्ना देशव्यापी १९५ शाखा सञ्जाल, १५२ एटीएम, २३ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .