ad ad

कारोबार


प्रदेश १ : १८ स्थानीय तहमा स्किम बैंक सुरु गरिने

प्रदेश १ : १८ स्थानीय तहमा स्किम बैंक सुरु गरिने

नेपालखबर
पुस ३, २०७७ शुक्रबार १५:४६,

प्रदेश नं. १ सरकारले नौ जिल्लाका १८ स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ। व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित सामाजिक विकास मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रमलाई कार्यान्वयनमा लैजान मन्त्रालयका पदाधिकारीलाई आज निर्देशन दिँदै पालिका केन्द्रित कार्यक्रम भएकाले स्थानीय तहका प्रमुखहरुलाई कार्यक्रम प्रभावकारी बनाउन जोड दिए।

कार्यक्रम सञ्चालनका लागि नमूनाका रुपमा सुनसरीको दुहवी र बराहक्षेत्र, मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र भद्रपुर, पाँचथरको फिदिम र याङवरक, इलामको सूर्योदय र देउमाई, उदयपुरको बेलका र कटारी, धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, तेह्रथुमको आठराई र म्याङलुङ र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेँसीलाई छनौट गरेको सामाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखाका अधिकृत प्रदीप गौतमले जानकारी दिए।

सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, विकास बैंकका प्रतिनिधिसँग आज स्किम बैंक सञ्चालन तथा व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम गरेको छ।

पूँजी÷अनुभव भएर पनि सम्भाव्यता अनुसारको स्कीम नभएका युवाहरुलाई अनुकूलका उद्यम गर्नका लागि स्किम दिने गरी कार्यक्रम शुरु गर्न लागिएको अधिकृत गौतमले जानकारी दिए। चालु आर्थिक वर्षमा सीपमूलक तालीम कार्यक्रम सञ्चालनका लागि रु १० करोड ५० लाख विनियोजन गरिएको छ।

तालीम स्थानीय तहको मागबमोजिम सञ्चालन गरिने उनले भने। सामाजिक विकास मन्त्रालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाको समन्वय गरी कार्यक्रम सञ्चालन गरिने शाखा अधिकृत गौतमले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .