ad ad

कारोबार


पर्यटनमन्त्री भन्छन्ः सांस्कृतिक र धार्मिक क्षेत्र जोगाउने दायित्व सबैको

पर्यटनमन्त्री भन्छन्ः सांस्कृतिक र धार्मिक क्षेत्र जोगाउने दायित्व सबैको

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार १०:२९,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको भएको बताएका छन्।

मानव सभ्यताको विकासको प्रतीकका रुपमा रहेका सम्पदाहरुको संरक्षण र सम्वर्द्धनमा सबै मिलेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। नेपालमा रहेका मठमन्दिर, गुम्बा र चैत्यहरु नेपालको मानव जाति र सभ्यताका प्रतीकहरु रहेको उल्लेख गर्दै उनले ऐतिहासिक ठाउँहरुको विकासमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।

चतुव्र्यूह नारायण मन्दिर नारायणहिटीद्वारको उद्घाटन कार्यक्रममा उनले भने, ‘नेपालमा जति पनि मन्दिरहरु छन्। सांस्कृतिक, धार्मीक केन्द्रहरु, मठ मन्दिरहरु, गुम्बा, चैत्यहरु छन् ती सबै नेपालको मानव जातिका, मानव सभ्यताको विकासका प्रतीकहरु हुन्। हामी लिच्छविकालमा कस्तो थियौँ। मल्लकालमा कस्तो थियौँ भन्ने कुरा यी मन्दिरहरु, ऐतिहासिक ठाउँहरुले देखाउँछन्। ऐतिहासिक ठाउँहरुको संरक्षण र संवर्द्धन गरी युगयुगसम्म पनि बनाउनुपर्ने दायित्व हामी सबैको हो।’

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी—भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताए। एउटै ‘प्याकेज’मा यी क्षेत्रहरुको विकास गर्न सके पर्यटकहरुलाई आकर्षित गर्न सकिने उनको भनाइ छ।

आज हरिबोधनी एकादशीको अवशरमा नारायणहिटीद्वारको उद्घाटन गरिएको हो।

मन्त्री भट्टराईसँगै, सांसद थापा, भीमसेनदास प्रधान, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, नारायणहिटी दरबार संग्रहालयका प्रमुख भेषराज दाहाल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .