ad ad

कारोबार


उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ७:५४,

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमै थोरै व्यक्तिहरुलाई सहभागी गराई अन्यलाई भने भर्चुअल प्रविधिमा सहभागी गराएर साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हु्न्।

उनले उद्घाटन कार्यक्रममा बोल्दै यो कार्यक्रमको आयोजना गर्नुले नै अहिलेको अवस्था देखाएको बताए।

उनले भने, ‘अहिले परिस्थिति कठिन छ। त्यसले लामो समय यो संस्थामा रहेका र नेपालको उद्योग वाणिज्य तथा व्यापार व्यवसायमा रहेकाहरुले मिलेर काम गर्नुपर्ने हुन्छ।’

प्रधानमन्त्री ओलीले आर्थिक वृद्धि ८ दशमलव ५ प्रतिशतले हुने भनिए पनि झण्डै शून्यमा पुगे पनि यसमा आशा जगाउने स्थिति आएको बताए।

‘कयौँ देश ऋणात्मक हुँदा पनि हामी हुनुपरेन’, उनले भने, ‘विश्वको कयौँ देशले ठूलो रकम पुनरुत्थानमा खर्च गरिरहेका छन्। तर पनि नेपाल सरकारले दिएन भन्ने धेरै व्यवसायीलाई लागेको होला तर नेपाल सरकार मनको गरिब भएर हैन। आफ्नो गच्छे यस्तो भएकोले हो।’

उनले सरकारको गच्छेअनुसार रकम दिएको बताउँदै सोहीअनुसार दिने प्रतिबद्धता व्यक्त गरे।

साधारणसभा उद्घाटन कार्यक्रममा स्वागतमन्तव्य राख्दै महासंघकी अधयक्ष भवानी राणाले कोरोनाको कारणले धेरै उद्योगी व्यवसायी मारमा परेको र उद्योग व्यवसायको कसरी उत्थान गर्ने भन्ने नै महासंघको अबको अवधारणा हुने र हुनुपर्ने बताइन्।

यो साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै छ। त्यसमा लोकत्रान्त्रिक पद्धतिबाट निर्वाचन हुनलागेका र निर्वाचनपछि महासंघको नेतृत्वमा आउने सबैले आपसी सहयोगमा काम गर्नुपर्ने अध्यक्ष राणाको भनाइ छ।

उनले भनिन्, ‘जुनसुकै प्यानलबाट निर्वाचित भए पनि निर्वाचनपश्चात् भने हातेमालो गर्नुपर्ने हुन्छ।’ आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद पनि दिएकी थिइन्।

महासंघको यो साधारणसभाले वरिष्ठ उपाध्यक्ष, वस्तुगत र एसोसिएटतर्फका ३ उपाध्यक्षसहित १८ जना खुल्लातर्फका १८ जनासहित संस्थापकमध्येबाट १, प्रदेशबाट ७ तथा वस्तुगततर्फबाट १४ र एसोसिएटबाट १९ जना केन्द्रीय सदस्य छान्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .