ad ad

कारोबार


कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा ११ प्रतिशत बढी राजश्व उठायो

कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा ११ प्रतिशत बढी राजश्व उठायो

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ६:१,

कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।

कार्यालयका अनुसार लक्ष्यभन्दा १० दशमलव ९५ प्रतिशत बढी राजस्व संकलन भएको छ।

पहिलो चौमासिक अर्थात कात्तिक मसान्तसम्म २ अर्ब ७६ करोड ७७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको छ।

कैलाली भन्सार कार्यालयले पहिलो चौमासिकमा २ अर्ब ४९ करोड ४५ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।

कार्यालयका कम्प्युटर अपरेटर यज्ञराज जोशीले यो अवधिमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताए। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको १९ प्रतिशत, भदौ महिनामा ११ प्रतिशत, असोजमा ७ प्रतिशत र कार्तिक महिनामा ८ प्रतिशत बढी राजस्व संकलन भएको छ।

यस्तै पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ३५ प्रतिशत राजस्व संकलन भएको पनि जोशीले बताए।

पेट्रोलियम पदार्थ, खाद्य वस्तु र मेसनरी सामानबाट बढी राजस्व संकलन भएको छ। यही हाराहारीमा राजस्व संकलन भए वार्षिक लक्ष्यभन्दा पनि बढी राजस्व उठने कार्यालयको दावी छ।

यो कार्यालयले चालू आर्थिक वर्षमा ७ अर्ब ८७ करोड २ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .