ad ad

कारोबार


एनआईसी एसिया बैंकको ‘फोटो–पात्रो २०७८’ प्रतियोगिता : उत्कृष्ट फोटोलाई नगद पुरस्कार

एनआईसी एसिया बैंकको ‘फोटो–पात्रो २०७८’ प्रतियोगिता : उत्कृष्ट फोटोलाई नगद पुरस्कार

नेपालखबर
मंसिर १०, २०७७ बुधबार १०:५३,

एनआईसी एसिया बैंकले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नारालाई आत्मसात् गर्दै आइरहेको यस बैंकले आफ्ना ग्राहकसँग रहेको फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा उनीहरूले कैद गरेका फोटोलाई स्थान दिने योजनाअनुरुप यस प्रतियोगिताको आयोजना गरेको हो।

यसरी प्राप्त हुने फोटोलाई क्यालेण्डरमा राख्ने मात्र नभई बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको छ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुक महानुभावहरूले सिजन, होप एन्ड पोजिटिभिटी, लाइफस्टाइल र फ्रेन्डशिप विधाहरूमा आफूले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सक्नुहुनेछ भने ५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी लिंक (यहाँ क्लिक गर्नुहोस्) मा अपलोड गर्नुपर्नेछ। प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नेछ। उक्त फोटोहरूका लागि बैंकले प्रतिफोटो १० हजार रुपैयाँ नगद रकम पुरस्कार प्रदान गर्ने बैंकले जनाएको छ।

यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको छ।

प्रतियोगितामा पठाउनुपर्ने फोटो कम्तीमा ५४००८३६०० पिक्सल, साइज (इन्च) १८८१२, रिजोलुसन ३०० डीपीआई र ल्याण्डस्केप हुनुपर्नेछ। साथै यस प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ।

बैंकले मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। बैंकका २२ लाख बढी ग्राहक छन्।

बैंकले गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .