ad ad

कारोबार


सेयरबजार परिसूचक नेप्से झण्डै ६५ अंकले बढ्यो

सेयरबजार परिसूचक नेप्से झण्डै ६५ अंकले बढ्यो

नेपालखबर
मंसिर १०, २०७७ बुधबार १०:४,

सेयरबजार परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ।

साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको छ।

सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ९६ अंकले बढेर ३ सय ६२ दशमलव ३३ अंकमा बन्द भएको छ । दिनभर १ सय ९६ कम्पनीको ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको १ करोड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर खरिदविक्री भएको छ।

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ। बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्किनु र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ। त्यसैकारण बजारमा सेयरको माग बढ्न जाँदा परिसूचकले पनि नयाँ उचाइ तय गर्दै गएको देखिन्छ।

बुधबार कारोबारमा आएका समूह मध्ये होटल समूहको सूचक मात्रै घटेको छ। बाँकी सबै समूहका सूचक बढेका छन्। सबैभन्दा धेरै व्यापार समूह ७ दशमलव ९३ प्रतिशतले बढेको छ।

उत्पादन तथा प्रशोधन समूह ७ दशमलव ३२ प्रतिशत, अन्य समूह ६ दशमलव ७२ प्रतिशत, लघुवित्त समूह ३ दशमलव ८६ प्रतिशत, निर्जीवन बीमा समूह ३ दशमलव ३१ प्रतिशत, बैंकिङ समूह २ दशमलव ९७ प्रतिशत, विकास बैंक समूह १ दशमलव ३७ प्रतिशत, फाइनान्स समूह १ दशमलव ७२ प्रतिशत, जलविद्युत समूह १ दशमलव ७१ प्रतिशत, जीवन बीमा समूह १ दशमलव ७४ प्रतिशत र म्युचुअल फण्ड समूह १ दशमलव ३५ प्रतिशतले बढेको छ।

बुधबार सबैभन्दा धेरै कारोबार नेको इन्स्योरेन्सको संस्थापक सेयरको ४२ करोड २९ लाख ९८ हजार रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै दोस्रो धेरै कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। जसको २९ करोड ४४ लाख ८१ हजार रुपैयाँ बढीको कारोबार भएको छ । नबिल बैंकको पनि २३ करोड १९ लाख ४८ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

बुधबार एनएमबि माइक्रोफाइनान्स कम्पनीका सेयरधनी र विशाल बजार कम्पनीका सेयरधनीले १० प्रतिशतले कमाएका छन्। नेपाल दूरसञ्चार कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, शिवम सिमेन्ट लगायतका कम्पनीका सेयरधनीले पनि झण्डै १० प्रतिशतले कमाएका छन्।

बजारमा उच्च वृद्धि भए पनि लक्ष्मी इक्वुटी फण्डका इकाइ धनीले सबैभन्दा धेरै ३ दशमलव ६८ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .