ad ad

कारोबार


दराज र नबिल बैंकले सुरु गरे एसएमईहरुलाई सहयोग गर्ने सारथि कार्यक्रम

दराज र नबिल बैंकले सुरु गरे एसएमईहरुलाई सहयोग गर्ने सारथि कार्यक्रम

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ८:१२,

चर्चित अनलाइन बजार ‘दराज’ले नबिल बैंकको साझेदारीमा दराज सारथि कार्यक्रम औपचारिक रूपमा सुरू गरेको छ।

यस रणनीतिक साझेदारीअन्तर्गत दराज अनलाइन शपिंग बजारमार्फत व्यापार गरिरहेका साना तथा मध्यम व्यवसायीहरूर्ले एसएमईै अब विभिन्न कर्जा सुविधाहरु उपयोग गर्न सक्ने छन्।

महामारीका कारण आइपरेको आर्थिक संंकटले अहिले विशेषगरी एसएमईमा गम्भीर प्रभाव पारेको छ।सारथि प्रोग्रामद्वारा दराजमा सक्रिय एसएमई विक्रेताहरूले महामारीले ल्याई पुराएको कठिनाइहरूसँग लड्न सक्षम बनाउनेछ।

यो एसएमई कार्यक्रम योग्यतामा आधारित हुनेछ। मतलब बिक्रेताको प्रदर्शनअनुसार सुविधाहरु हुनेछन् जति राम्रो प्रदर्शन उति धेरै फाइदा।

दराज सारथि कार्यक्रममार्फत एसएमई विक्रेताहरुले कुल ५० करोडसम्मको वित्तीय सहयोग प्राप्त गर्ने मौका पाउनेछन्।

साथै दराजमा सहभागी एसएमई बिक्रेताहरुले थप सुविधा पनि पाउनेछन् जसमा आकर्षक ब्याजदरमा थप १० करोडसम्म लोन रकम पर्ने बताइएको छ।

कर्जा सुविधाको साथसाथै एसएमई विक्रेताहरुले अन्य फाइदाहरु पनि प्राप्त गर्न सक्नेछन्ज। तिनमा कागजात पेश गरेको ७२ घण्टामै लोनको निर्णय, एसएमईको लागि राम्रो ब्याजदर, विभिन्न एसएमई आवश्यकताहरु पूरा गर्न बनाएको विभिन्न प्रकारको लोनहरु, दराजमा विक्रेताको प्रदर्शनअनुसार लोन एड्मिन शुल्कमा छुट, पहिलो दश एसएमईहरुका लागि लोन एड्मिन शुल्कमा०.२५ प्रतिशत छुट लगायत रहेका छन्।

दराज नेपालका प्रबन्धनिर्देशक लिनो अलरिङले भने, ‘सारथि कार्यक्रमलाई नबिल बैंकसँगको सहकार्यमा प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौँ। यसमा लामो समयदेखि काम गरिसकेका भए पनि अर्थतन्त्रमा कोभिड – १९को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अहिले अझ महत्वपूर्ण साबित भएको छ।’ यो नेपालमै पहिलो क्रेडिट स्कोरिङमा आधारित एक नौलो समाधान हुने उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .