ad ad

कारोबार


नबिल बैंक र दराजको सहकार्यमा ‘सारथी’ योजना सुरु

नबिल बैंक र दराजको सहकार्यमा ‘सारथी’ योजना सुरु

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ८:४४,

नबिल बैंक लिमिटेड र दराज क्यामु प्रालिले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुर्‍याउन एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

नबिल बैंक, ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हो। दराज नेपाल, हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसँग जेड्ने देशकै ठूलो अनलाइन स्टोर हो।

दुवैैको सहकार्यमा ‘सारथी’ भन्ने वित्तिय कार्यक्रम सुरू भएको छ, जहाँ दराजका विक्रेताहरूले आकर्षक सुविधा तथा ब्याजदरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन्। यो कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि बनाइएको छ, जसमा पुराना तथा नयाँ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन्।

नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र दराज क्यामु प्रालिका प्रबन्ध निर्देशक, लिनो अल्हेरिङ्गले एक विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

उक्त समारोहमा बोल्दै नबिल बैंकका डेपुटी सीईओ शाक्यले भने, ‘यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ। हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई बिभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय बिस्तारमा सहयोग पु-याउनु रहेको छ। सारथी कार्यक्रमको लागि हामीले दाराजसँग सहकार्य गरेका छौं। हाम्रो विश्वास छ कि, यो वित्तिय कार्यक्रमले उनीहरूलाई कोभिड – १९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पु¥याउछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुर्नजीवित गर्नेछ।’

त्यस्तै, दराज क्यामु प्रा लि.का प्रबन्ध निर्देशकले भने, ‘सारथी कार्यक्रमलाई नबिल बैंकसँगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौं। हामीले लामो समयदेखि काम गरिसकेका छौं, अर्थतन्त्रमा कोभिड–१९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ। योे नेपालमै पहिलो क्रेडिट स्कोरिङमा आधारित नौलो समाधान हो र हामी यो रणनीतिक साझेदारीको शुरुवातमा छौं। नेपाली आर्थिक क्षेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसँग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं।’

आफ्नो अनलाइन उपस्थिति गर्न इच्छुक व्यवसायीहरुले, सारथी कार्यक्रमको लागि यो लिंक प्रयोग गर्न सक्दछन्, जुन नबिल बैंक र दराजको संयुक्त रुपमा सहजीकरण गरिएको छ।

नबिलले आफ्नो देशभर ११९ वटा शाखा कार्यालयहरु, १७५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .