स्थानीय बजारमा सुनको मूल्यमा मंगलबार प्रतितोला रु एक हजार ८ सयले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ५ सयमा कारोबार भएको छ। सोमबार प्रतितोला रु ९४ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आज रु एक हजार ८ सयले ओरालो लागेको हो।
यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ। सोमबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ८ सयमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ। सोमबार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला रु ३० ले ओरालो लागेर रु एक हजार १८० मा कारोबार भएको छ। रासस
प्रतिक्रिया