ad ad

कारोबार


सेयरबजारमा झण्डै सात अर्बको कारोबार, पुनर्बीमा कम्पनीको ५७ करोडको सेयर किनबेच

सेयरबजारमा झण्डै सात अर्बको कारोबार, पुनर्बीमा कम्पनीको ५७ करोडको सेयर किनबेच

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ९:४५,

साताको पहिलो कारोबार दिन आज धितोपत्र बजारमा झण्डै सात अर्बको सेयर कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४.६९ अंकले बढेर १७८२.८१ विन्दुमा रोकिएको छ। त्यस्तै सेन्सिटिभ सूचक पनि २ अंकले बढेको छ।

बिहान ११ बजे खुलेको बजारमा १ करोड ६० लाख कित्ता सेयर बिक्री भएको छ। ६३ हजार ५ सय ७० पटकको कारोबारमा कुल ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३ सय १५ रुपैयाँको कारोबार भएको हो।

आज कारोबार भएका समूहमध्ये होटल, व्यापार, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फन्डको कारोबार सूचक राताम्य छन्।

आज नेपाल पुनर्बीमा कम्पनीको मात्रै ५७ करोडको सेयर कारोबार भएको छ। यो नै आजको सर्वाधिक कारोबार हो। त्यसपछि नेपाल लाइफ इन्स्योरेन्सको २९ करोडको, नेपाल टेलिकमको २७ करोडको, हिमालयन डिस्टिलरीको २६ करोडको, नेपाल बैंकको २२ करोडको सेयर कारोबार भएको छ। शिवम् सिमेन्टको पनि आज २० करोडको सेयर कारोबार भएको छ।

आज कमाउने कम्पनीले १० प्रतिशत र गुमाउनेले ८.९३ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .