वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ।
आज एक कार्यक्रमका बीच वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौता सँगै अब सेयर रजिष्ट्रार (धितोपत्र नामसारी, सेयर दाखिल खारेज, सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने, बोनश सेयर तथा लाभांश पुर्जा वितरण) सम्बन्धी सम्पूर्ण कार्यका लागि कुमारी क्यापिटल लिमिटेड नागपोखरी १, नक्साल, काठमाडौं मार्फत सेवा उपलब्ध गराउने लघुवित्तले जनाएको छ।
साथै कुमारी क्यापिटल मार्फत सेवा प्रारम्भ हुने मिति सार्बजनिक सूचना मार्फत जानकारी गराउने कम्पनीले जनाएको छ।
प्रतिक्रिया