ad ad

कारोबार


बोइङको ७३७ म्याक्स जेटलाई ग्राउन्डेड भएको २० महिनापछि यात्रु बोक्न अनुमति

बोइङको ७३७ म्याक्स जेटलाई ग्राउन्डेड भएको २० महिनापछि यात्रु बोक्न अनुमति

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ९:४१,

अमेरिकी संघीय उड्डयन प्रशासन (द फेडेरल एभिएसन एडमिनिस्ट्रेसन) ले बुधबार बोइङको ७३७ म्याक्स जेट विमानलाई पुनः व्यावसायिक सेवामा फर्किन अनुमति प्रदान गरेको छ।

सीएनएनका अनुसार दुई ठूला एकै प्रकृतिका दुर्घटना ३ सय ४६ जनाको मृत्यु भएपछि लामो समय ग्राउन्डेड अवस्थामा रहेको उक्त मोडलका विमानको समस्याग्रस्त सफ्टवेयरलगायतमा व्यापक सुधारपछि उडान अनुमति प्रदान गरिएको हो। म्याक्स जेट विमानहरु २० महिनायता ग्राउन्डेड बस्नुपरेको थियो।

यो मोडलका विमानको बिक्री विश्वभर उल्लेख्य मात्रामा भए पनि दुर्घटनापछि विश्वभर ग्राउन्डेड गरिएका थिए। विमान दुर्घटनापछि यसको निर्माण प्रकृतिको पुनः अध्ययन गरिएको थियो। सो क्रममा सेफ्टी फिचरमा समस्या भेटिएको थियो।

यी विमान ग्राउन्डेड हुँदा बोइङलाई २० अर्ब डलरभन्दा बढी नोक्सानी भएको थियो। यतिमात्र नभई कम्पनीले नयाँ विमानको माग समेत गुमाउनुपरेको थियो। विमानले सेवाका लागि अनुमति पाउने आशा र प्रतीक्षाका बीच कम्पनीको सेयर मूल्य समेत बढ्नथालेको छ।

एफएएको अनुमति पहिलो कदम मात्रै भएको बताइएको छ। यसअन्तर्गत ३२ देशका ५९ एयरलाइन्सले ३ सय ८७ वटा ग्राउन्डेड विमान उडाउने अनुमति पाएका छन्। त्यस्तै एफएएको अनुमतिमा अमेरिकाको अमेरिकन, युनाइटेड र साउथवेस्ट एयरलाइन्सले चलाउँदै आएका ७२ वटा म्याक्सजेट पर्ने बताइएको छ। एफएएले अनुमति दिए पनि सम्बन्धित देशले त्यसको प्रमाणीकरण गर्नुपर्ने हुन्छ।

त्यस्तै पुनः यात्रु बोक्ने उक्त विमानले आवश्यक समाधान भएको प्रमाणीकरण गर्नुपर्ने एफएएले जनाएको छ। केही हप्ताभित्रै यसको प्रक्रिया सुरु हुनेछ। त्यस्तै अहिलेसम्म अमेरिकन एयरलाइन्सले मात्रै उडान तालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .