नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि ले क्लियर टीभी मार्फत ग्राहकका निम्ति लक्ष्मी फिल्मको प्रिमियर सो गर्दैछ।
सोमबार क्लियर टिभीले च्यानल नं १११(एचडी) र ११२ (एसडी) मा मुभी अन डिमाण्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर सो बाट गर्दैछ। सो च्यानल मार्फत ग्राहकहरुले सो फिल्म आफ्नै घरमा बसि हेर्न सक्नेछन् भने भबिष्यमा थुप्रै फिल्महरु हेर्न सकिने छ।
ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नेछन् वा (लिंक खोल्नुहोस्) बाट फिल्म सम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन सकिनेछ। विद्यमान परिस्थितिमा बाहिर गई फिल्म हेर्ने अवस्था नभएको र मनोरञ्जन लाई प्राथमिक्ता दिदै कम्पनीले यो सेवा सुचारु गरेको सुविसुले जनाएको छ।
सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपीएलएस, भीपीएनएस व्यानएथर्नेट, होलसेल आईपी ट्रान्जिट , एमभीपी, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ।
Shares
प्रतिक्रिया