ad ad

कारोबार


टेलिकमको तिहार, छठ र न्हु दया अफर, एसएमएसमा भारी छुट

टेलिकमको तिहार, छठ र न्हु दया अफर, एसएमएसमा भारी छुट

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ११:५०,

तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हुः दया)का अवसरमा आफन्त र शुभचिन्तकहरुलाई शुभकामना सन्देश पठाउन सहज होस् भनेर नेपाल टेलिकमले एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याकहरु उपलब्ध गराएको छ।

सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ। हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध रहेको टेलिकमले जनाएको छ।

जसमा ५ रुपैयाँमा २० वटा एसएमएस, १५ रुपैयाँमा ७० वटा एसएमएस र ६० रुपैयाँमा ३०० वटा एसएमएस छन्। यी प्याक क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिन्छ।

२० वटा एसएमएसका लागि एसएमएस२०, ७० वटाका लागि एसएमएसठण् र ३०० वटाका लागि एसएमए३०० लेखेर १४१५ मा एसएमएस पठाउन सकिन्छ।

नेपाल टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिंँदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सकिन्छ।

पोस्टपेड प्राइम प्याक लिई २ सयवटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ। यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिन्छ।

कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिन्छ। सीयूजी प्याकअन्तर्गत २०० रुपैयाँ, ५०० रुपैयाँ, १००० रुपैयाँ र १५०० रुपैयाँका दरका विभिन्न अफरअन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमा समेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डाटा समेत चलाउन सकिन्छ।

सो प्याकअन्तर्गत अन्य सुविधाका अतिरिक्त क्रमशः ५०, १००, २०० र ४०० वटा एसएमएस आवश्यकता अनुसार एक महिना भित्र पठाउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .