ad ad

कारोबार


वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको टोली जनकपुरमा

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको टोली जनकपुरमा

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ९:५९,

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समुह सोमबार २ नम्बर प्रदेशको राजधानी जनकपुरधाम पुगेको छ। प्रदेश १ र २ का सबै मतदाताहरुसँग अन्तरक्रिया गर्ने उद्धेश्यका साथ सोमबार बिहान प्रधान सहितको टोली जनकपुरधाम पुगेको हो।

प्रधानसहित जिल्ला नगर तर्फबाट उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ र बस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलगायत जनकपुर पुगेको टोलीलाई जनकपुरधाम उद्योग वाणिज्य संघले स्वागत गरेको छ।

जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सोमबार नै आयोजना हुने अन्तरक्रियात्मक कार्यक्रमलाई प्रधान सहित उपाध्यक्षका उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

अहिले कार्यक्रमस्थलमा अनौपचारिक छलफल तथा महासंघको आगामी नेतृत्व चयनका सम्बन्धमा अनौपचारिक छलफल चलिरहेको छ। केही बेरमा औपचारिक कार्यक्रम आयोजना हुँदैछ।

नेपाल उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशले कार्यक्रमलाई विशेष समर्थन जनाएको प्रधानको सचिवालयले जनाएको छ।

औपचारिक कार्यक्रमका दौरान वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले सबैलाई सम्बोधन गर्ने कार्यक्रम छ।

एसोसियटतर्फका उपाध्यक्षका उम्मेदवार शौरभ ज्योति भने कोरोना संक्रमणका कारण उपचाररत भएकाले जनकपुर धाम पुग्न सकेनन्।

जनकपुरधामको औपचारिक कार्यक्रमको समापन पश्चात प्रधान सहितको समुह बुटवल हुदै काठमाडौँ फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .