उपभोक्ता मुद्रास्फीति १.६४ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७७ भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा घटेर ४.५२ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६८ प्रतिशत रहेको छ।
२०७६ भदौको तुलनामा २०७७ भदौमा तरकारी एवम् दाल तथा गेडागुडीको मूल्य वृद्धि उच्च रहेको छ। समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.६६ प्रतिशत, तराईमा ४.७१ प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ४.५१ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७६ भदौमा यी क्षेत्रहरुमा क्रमशः ७.९० प्रतिशत, ५.६९ प्रतिशत, ५.०९ प्रतिशत र ५.०२ प्रतिशत मुद्रास्फीति रहेको थियो।
त्यस्तै थोक मुद्रास्फीति २०७७ भदौमा वार्षिक विन्दुगत आधारमा ८.८० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.४० प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.९३ प्रतिशत, ८.६२ प्रतिशत र २.६१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.१३ प्रतिशतले घटेको छ।
प्रतिक्रिया