ad ad

कारोबार


नेपाल एयरलाइन्सको काठमाडौं–ताप्लेजुङ नियमित उडान सुरु, यस्तो छ समयतालिका

नेपाल एयरलाइन्सको काठमाडौं–ताप्लेजुङ नियमित उडान सुरु, यस्तो छ समयतालिका

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ६:३८,

नेपाल एयरलाइन्सले आज बुधबारदेखि काठमाडौं–ताप्लेजुङ व्यावसायिक उडान सुरु गरेको छ।

लकडाउनका कारण बन्द भएको काठमाडौं–ताप्लेजुङ उडान बुधबारबाट सुरु भएको हो।

नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट ११ जना यात्रु भए पनि ८ जनाको पीसीआर नहुँदा ३ जना मात्रै बोकेर ताप्लेजुङ गएको हो। एयरलाइन्सले अब ताप्लेजुङ पीसीआर रिपोर्टविना पनि उडान गर्ने बताएको छ।

नेपाल एयरलाइन्सले ताप्लेजुङको लागि बुधबार र शनिबार नियमित उडान गर्ने भएको छ। ताप्लेजुङबाट काठमाडौं ६ हजार ७ सय ४० रुपैयाँ र काठमाडौंबाट ताप्लेजुङ ६ हजार ८ सय ४० रुपैयाँ भाडा दर कायम गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .