ad ad

कारोबार


एनआईसी एशियाको मोबाइल बैंकिङबाट हुने कारोबारमा सामाजिक उत्तरदायित्वका लागि रु १

एनआईसी एशियाको मोबाइल बैंकिङबाट हुने कारोबारमा सामाजिक उत्तरदायित्वका लागि रु १

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार १२:३८,

एन आई सी एशिया बैंकले एक उत्तरदायी कर्पोरेट नागरिकको कर्तव्य निर्वाह गर्दै देशका विभिन्न सामाजिक क्षेत्रमा अमुल्य योगदान गरिरहेको सन्दर्भमा नजिकिँदै गरेको वडादशैँको अवसरमा ‘सेलिब्रेट फर कज’ सामाजिक उत्तरदायित्व योजना ल्याएको छ।

यस योजना अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोबाइल बैंकिङ (एनआईसी एसिया बैंक) बाट क्यूआर युटिलिटी तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट रू. १ का दरले समाजिक उत्तरदायित्वका लागि योगदान गरिनेछ।

ग्राहकहरूको चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले बैंकले ‘डिजिटल उत्सव’ योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न ब्राण्ड तथा स्टोरहरूमा डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक छुट तथा नगद फिर्ता योजना ल्याएकोमा बैंकले सोही योजनाअन्तर्गत सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशील रुपमा अगाडि बढाउन ‘सेलिब्रेट फर कज’ योजना समेत ‘डिजिटल उत्सव’ मा समावेश गरी ल्याएको हो।

करिब १२ लाख मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले १ कार्तिक देखि १० कार्तिक २०७७ सम्म गर्ने डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिनेछ। कोभिड–१९ को महामारीका कारण मुलुकका उद्योग, कलकारखाना, विकास निर्माण, बैंक तथा वित्तीय क्षेत्र लगायतका क्षेत्रहरूमा गम्भीर असर पारिरहेको अवस्थाबीच बैंकले यस अभियानमार्फत उक्त १० दिनसम्म संकलन भएको रकम कोरोना महामारीबाट गम्भीर असर भोगिरहेका बृद्धाश्रम, बालगृह जस्ता सामाजिक संस्थाहरूलाई प्रदान गर्नेछ।

मोबाइल बैंकिङ्गबाट गरिने भुक्तानी निकै लोकप्रिय बनेसँगै ठूलो जनमानसलाई डिजिटल कारोबारतर्फ आकर्षित गर्नका निमित्त बैंकले यस योजनालाई बृहतरूपमा लैजाने सोच बनाएको छ। उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले ल्याएको यस अभियानबाट सामाजिक संस्थाहरूको हितको रक्षामात्र नभई अप्ठ्यारामा परेका नागरिकहरूलाई आड भरोसा समेत मिल्ने विश्वास बैंकले लिएको छ।

हाल मोबाइल बैंकिङ्गबाट देशभरका १ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरूमा क्यूआर भुक्तानी एवं विद्युत महसुल, खानेपानी, टेलिफोन, इन्टरनेट, केबुल, मोबाइल रिचार्ज, हवाइ तथा बस टिकटको शुल्क भुक्तानी तथा रकम स्थानान्तरण जुनसुकै स्थानबाट जुनसुकै समयमा गर्न सकिने सुविधा रहेको छ।

साथै बैंकले ल्याएको आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले १ कात्र्तिक देखि ५ मंसीर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन्।

साथै अनलाइन किनमेललाई प्रोत्साहन गर्न सस्तोडील, ग्यापु, मार्केटपलेस, ठुलो पसल, इन्फीस्टोर, ओकदाम र कालमार्ट जस्ता ई–कमर्शबाट बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ताको योजना २७ असोज देखि १ कार्तिक २०७७ सम्म समेत बैंकले सञ्चालन गरिरहेको छ।

बैंकले अझ बढी यस्ता योजनाहरू थप गर्दै ग्राहकहरूलाई डिजिटल कारोबारमा आकर्षित गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पु-याउने लक्ष्य लिएको छ।

बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो। २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन्।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .