ad ad

कारोबार


गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर सञ्चालन

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर सञ्चालन

नेपालखबर
असोज २१, २०७७ बुधबार १०:१०,

कास्कीको पोखरा महानगरपालिका वडा नं. ०९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लिमिटेडले आज एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

गण्डकी मेडिकल कलेज परिसरमा आज बिहान १०ः०० बजे गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो. डा. रविन्द« श्रेष्ठले एक समारोहका बीच प्रभु बैंक लि. गण्डकी मेडिकल कलेज एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन्।

गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पूर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ।

उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनुपर्ने जुनसुकै रकम विना झन्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउनेछन्।

यस एक्स्टेन्सन काउण्टर सञ्चालनपश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमार्पmत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .