ad ad

कारोबार


नेपालमा ओपो एफ१७ प्रो को बिक्री आरम्भ, यस्तो छ मूल्य र विषेशता

नेपालमा ओपो एफ१७ प्रो को बिक्री आरम्भ, यस्तो छ मूल्य र विषेशता

नेपालखबर
असोज १५, २०७७ बिहिबार १०:३,

ओपोले नेपालमा आजबाट एफ१७ प्रोको बिक्री आरम्भ गरेको छ। कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्स मार्फत स्मार्टफोनको विक्रिखुल्ला गरेको हो।

सेप्टेम्बर २७मा एक अनलाइन लञ्च ईभेन्ट मार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ१७ प्रोका साथमा एन्को डब्ल्यू५१ र ओपो वाट्चेज पनि सार्वजनिक गरेको थियो।

नेपालमा ओपोको दोस्रो अनलाईन लञ्च ईभेन्टमा नेपाली चलचित्र जगत्का लोकप्रिय स्टार्स, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप विक्रम शाही, नयिका तथा मोडल अलिशा राईका साथै फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राईले पनि उपस्थिती जनाएका थिए।

नेपालमा ओपो एफ१७ प्रोको मूल्य
८जीबी र्‍याम र १२८जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ१७ प्रोको मूल्य नेपालमा रु. ४३ हजार ९ सय ९० तोकिएको छ। कम्पनीले स्मार्टफोन म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ।

फोनका विशेषताबारे संक्षिप्त जानकारी
ओपो एफ१७ प्रोमा ६.४३ ईञ्च सुपर एमोलेड एफएचडी+ डिस्प्लेका साथमा १६एमपी + २ एमपी फ्रण्ट क्यामेरा सेटअपका लागि डुअल पञ्च-होल कटआउट दिइएको छ। यस स्मार्टफोनको ब्याक प्यानलमा ४ ओटा क्यामेरा सेन्सरको ब्यवस्था गरिएको छ। तिनमा ४८एमपीको प्राइमरी क्यामेरा, ८एमपी अल्ट्रा वाइट, २एमपी माक्रो र २एमपी डेप्थ सेन्सर रहेका छन्। ओपोका अनुसार एफ१७ प्रो ‘सन् २०२०कै स्लिकेस्ट फोन’ हो। यसको मोटाई ७.४एमएम अल्ट्रा-थिन र वजन जम्मा १६४ ग्रामको अल्ट्रा-लाइटवेट बडी छ।

एफ१७ प्रोमा मिडियाटेक हेलियो पी९५ एआई चिपसेटका साथमा ८ जीबी ¥याम र १२८ जीबी सञ्चय क्षमता उपलब्ध गरिएको छ। यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसमा रहेको थ्री कार्ड स्लोटका माध्यमबाट सञ्चय क्षमतालाई ५१२जीबी सम्म बढाउन सक्छन्। एफ१७ प्रोको एन्टि ल्यागिङ अल्गोरिथमले मेमोरी एरर उत्पन्न गराउन सक्ने डाटाको पहिचान गरी तिनको सफाइ गर्ने क्षमता राख्छ। यसले गर्दा स्टटर्स र फ्रिजहुने जस्ता समस्या आउन पाउँदैन।

त्यसैगरी, फोनको प्रदर्शनीमा अझ उत्कृष्टता दिने सोचक साथ यसमा ३०वाट भोक फ्ल्याश चार्ज प्रविधि सुसज्जित ४,००० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ। साथै, प्रयोगकर्ताको सुरक्षामा विशेष ध्यान दिँदै फोनमा ईन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र उपकरण अनलकिङका लागि फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ।

ओपो एफ१७ प्रोमा एण्ड्रोइड १०मा आधारित कलर ओएस ७.२ सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ। ओपो१७ प्रो नयाँ कलरओएस भर्जनका साथमा सार्वजनिक हुने पहिलो ब्याट्चका स्मार्टफोन्स मध्यको हुनेछ। प्रयोगकर्ताका जीवनस्तर उकास्न यसमा अझ बढी फञ्शन्सहरु उपलब्ध गराइएका छन्।

एन्को डब्ल्यू५१ र ओपो वाट्चेजको पनि विक्रि खुल्ला
एफ१७ प्रोका साथै ओपोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै एन्को डब्लयू५१ र ओपो वाट्चपनि आजैका मितिबाट उपलब्ध गराएको छ। ओपो वाट्च, ४१एमएम र ४६एमएम गरी दूई भ्यारिन्टमा उपलब्ध हुनेछ। तिनको मूल्य क्रमशः रु. २४,९९० र रु. ३४,९९० निर्धारण गरिएको छ। त्यसैगरी, ओपो एन्को डब्ल्यू५१को मूल्य ८,९९० निर्धारण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .