काठमाडौंको कलंकीस्थित एक घरमा म्याद सकिएका स्निकर चकलेट ठूलो परिमाणमा फेला परेको छ।
महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी इश्वर कार्कीका अनुसार महाशाखा र वाणिज्य विभागको टोली अहिले त्यहाँ बरामदका लागि पुगेको छ।
‘म्याद सकिएका चकलेट फेला परेको छ, वाणिज्य विभाग र प्रहरीले अनुसन्धान गरिरहेको छ, आवश्यक प्रक्रिया पूरा गरेर बरामद गर्छौं’, एसपी कार्कीले भने।
चकलेटमा पूरानो मिति मेटेर नयाँ मिति राखेर बेच्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया