ad ad

कारोबार


‘नेपाली मिडिया विज्ञापनको दररेटमा अस्पष्ट’

‘नेपाली मिडिया विज्ञापनको दररेटमा अस्पष्ट’

नेपालखबर
असोज १२, २०७७ सोमबार १५:४२,

नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र रिजाल (शशि) ले नेपाली मिडिया विज्ञापनको दररेटको सम्बन्धमा अझैपनि स्पस्ट हुन नसकेको बताएका छन्।

नवगठित मिडिया एलायन्सका पदाधिकारीहरुको स्वागत गर्न सोमबार संघले काठमाडौंमा आयोजना गरको कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले मिडियामा हुने विज्ञापनको दररेट कति हो भन्ने सम्बन्धमा अझैपनि स्पस्ट हुन नसकिएको बताएका हुन्। विज्ञापन बोर्ड गठन भए मात्रै सबै मिडियाका विज्ञापनको दररेटको सम्बन्धमा नियमन हुने पनि उनको भनाइ छ।

विज्ञापन बोर्ड गठन नभएसम्म विज्ञापनको दररेटको निक्र्यौल हुन नसक्ने पनि उनले बताए। त्यसैले विज्ञापन संघले सरकारसँग सधैँ विज्ञापन बजारलाई नियमन गर्ने निकायको रुपमा विज्ञापन बोर्ड गठन गर्न माग गर्दै आएको बताए।

विज्ञापनको क्षेत्रमा नियामक निकाय नहुँदा आफूहरुलाई सधैँ दोषी देखाउने गरिएको पनि अध्यक्ष रिजालले बताए। उनले सरकारसँग विज्ञापनसँग सम्बन्धित विज्ञता नहुँदा विज्ञापनमा व्यवसायिकता देखिन नसकेको उनले बताए। सरकारले अवस्था बुझेर नियामक निकाय ल्याएमा थप ७ अर्बको व्यवसाय विस्तार हुने पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .