नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन दिने समय थप गरेकाे छ।
बैंकहरुलाई यही असोज १४ गते सम्मको लागि पुनर्कर्जा आवेदन दिन राष्ट्र बैंकले खुलाएको आवेदनको मिति थप भएको छ।
बैंकले ऋणीहरु संकलन गर्ने र सो अनुसार राष्ट्र बैंकमा पुनर्कर्जा माग गर्ने मिति असोज दोस्रो सातासम्मको लागि राखिएपनि असोज ३० गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै क , ख र ग वर्गको बैंकहरुले एकसाथ पाउने पुनरकर्जाको लागि गरिएको आवेदन आह्वानको मिति थप भएको जानाकारी गराएको छ।
लकडाउन तथा निशेषाज्ञाको कारणले मिति बढाउन सरोकारवालाहरुले अनुरोध गरेको कारण मिति थप गरिएको राष्ट्र बैंकले जनाएको छ।
3
Shares
प्रतिक्रिया