नेपाल पर्यटन विभागले बहराइन राजपरिवार सदस्य सहित १८ जनालाई मनास्लु हिमाल आरोहण गर्न अनुमति दिएको छ।
विभागले कोभिड १९ पछि दोस्रो टोली हिमाल आरोहणको अनुमति दिएको हो।
यसअघि ६ जना नेपालीलाई माउन्ट वरूत्सेको आरोहणका लागि अनुमति दिइएको थियो।
दोस्रो टोलीमा बहराइनका १५ र बेलायतका ३ जना रहेका छन्। यी सबै बहराइन रोयल गार्डका सदस्य हुन्।
उक्त टोली चार्टर्ड विमान मार्फत भदौ ३१ मा नेपाल आएको थियो। नेपाल आएपछि क्वारेन्टिनमा बसेका उनीहरू ८ हजार १ सय ४३ मिटर अग्लो मनास्लु आरोहण गर्नेछन्। मनास्लु आरोहणका लागि करिब १ महिना लाग्ने छ।
पर्यटन विभागले बहराइनको टोलीसँग १६ हजार २ सय रोयल्टी लिएको छ।
सरकारले साउन १५ पछि हिमाल आरोहण गर्नेलाई अनुमति दिने निर्णय गरेको थियो। कात्तिक १ पछि पदयात्रा र हिमाल आरोहणको लागि सबै पर्यटक आउन दिने निर्णय गरेको छ।
याे पनि:
हिमाल चढ्न नेपाल आइपुग्यो बहराइनका राजपरिवार सदस्यसहित १८ जनाको टोली
प्रतिक्रिया