ad ad

कारोबार


नबिल बैंकले ल्यायो आकर्षक ‘चाडपर्व योजना’

नबिल बैंकले ल्यायो आकर्षक ‘चाडपर्व योजना’

नेपालखबर
असोज १, २०७७ बिहिबार १०:४८,

नबिल बैंकले ‘नबिल चाडपर्व योजना’ सार्वजनिक गरेको छ।

योजना अन्तर्गत १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ। त्यस्तै गरी १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत ब्याजदर प्रदान गर्दैछ। 

दुई वर्ष भन्दा माथि र ५ वर्ष सम्मका व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ वर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ।
साथै, कर्जा अन्तर्गत निम्न बमोजिमको ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय गरेको छ ।

घर कर्जामा ७.४९ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत घोषणा गरिएको छ।

यस्तै, साना तथा मझौला कर्जा अन्तर्गत रु एक करोड सम्मको कर्जामा ७.४९ प्रतिशत र रु एक करोड भन्दा माथिको कर्जामा ७.९९ प्रतिशत ब्याजदर कायम गरिएको छ।

यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन गरिने छैन।

नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा यस बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलिरहेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .