ad ad

कारोबार


जनवरीदेखि भियतनाममा सेवा सुरु गर्दै ग्यापु मार्केट प्लेस, बजार अध्ययन सुरु

जनवरीदेखि भियतनाममा सेवा सुरु गर्दै ग्यापु मार्केट प्लेस, बजार अध्ययन सुरु

नेपालखबर
भदौ ७, २०७७ आइतबार ६:३८,

नेपालको इ–कमर्स कम्पनी ग्यापु मार्केट प्लेसले आगामी जनवरीदेखि भियतनाममा आफ्नो सेवा सुरु गर्ने भएको छ।

नेपालमा लकडाउन सुरु भएको तीन दिनपछि सुरु भएको इ–कमर्स कम्पनी ग्यापु डट कमले छोटो समयमै चर्चा कमाएको छ।

‘हाम्रो योजना जनवरीदेखि नै सुरु गर्ने भन्ने छ’, ग्यापु मार्केट प्लेसका सञ्चालक ज्ञानेन्द्र खड्काले भने, ‘त्यसको तयारी सुरु गरेका छौँ, हेरौँ समयले कति साथ दिन्छ।’

Gyanendra khadka Main image

लकडाउनले केही धकेल्छ कि भन्ने चिन्ता रहेको उनले बताए। अबको दुई महिनामा सबै कति समय पर सर्ला भन्ने एकीन हुने उनको भनाइ छ।

जनवरीदेखि सुरु गर्नको लागि नोभेम्बरदेखि कर्मचारी भर्ना सुरु गर्नुपर्ने उनले बताए।

उनको एक्सल ट्रिप ग्लोबल नामको अर्को अफिस भियतनाममा पनि छ। त्यही टिमले त्यहाँ अनलाइन सपिङ खोल्ने तयारी गरिरहेको छ।

भियतनाममा नयाँ बजार र इ–कमर्सको लागि नयाँ बजार छ। जहाँ चिनियादेखि अमेरिकन लगानीकर्ता आकर्षित भइरहेका छन्। त्यहाँको बजारमा कसरी प्रतिस्पर्धा गर्न सकिन्छ भनेर तयारी गरेको खड्काले बताए।

स्थानीय उत्पादन मात्र नभएर चिनियाँ प्रभाव बुझेर अगाडि बढ्न ग्यापुको टिमले अध्ययन गरिरहेको उनको भनाइ छ।

अहिलेसम्म नेपालका कुनै पनि ‘टेकबेस्ड’ कम्पनीहरुले विदेशमा लगानी विस्तार गर्नसकेका छैनन्। बरु, पठाओ, दराजजस्ता कम्पनी नेपाल भित्रिरहेका छन्।

ग्यापु मार्केट प्लेस यो क्रमलाई तोड्न चाहन्छ। त्यसैले ग्यापुले अगामी वर्ष नेपालबाहिर पनि सेवा सुरु गर्ने उनको योजना छ। यसको सुरुवात भियतनामबाट गर्दै छन्।

नेपालको अनलाइन सपिङमा तीव्र रुपमा बजार विस्तार गरिरहेको ग्यापुको बारेमा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चा सुरु हुनथालेको छ। केही समयअघि फोर्ब्स म्यागेजिनले पनि ग्यापुले भियतनाममा सेवा सुरु गर्न लागेको उल्लेख गरेको छ।

याे पनि : 
सय दिनमै ग्यापुको रफ्तार : अनलाइन सपिङमा तरंग ल्याउने लक्ष्य
सिभिल मलका सबै पसलका सामान ग्यापुमा पाइने, निःशुल्क होम डेलिभरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .