ad ad

कारोबार


चीन र अमेरिकाबीच शनिबार रोकिएको व्यापार वार्ता ‘केही दिनमै’ हुने

चीन र अमेरिकाबीच शनिबार रोकिएको व्यापार वार्ता ‘केही दिनमै’ हुने

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ८:२९,

चीन र संयुक्त राज्य अमेरिकाबीच आगामी केही दिनभित्रै व्यापार वार्ता हुने भएको छ। चीनको वाणिज्य मन्त्रालयले दुई देशबीच यसअघि भएको पहिलो चरणको व्यापार सम्झौताको प्रगतिबारे समीक्षा केही दिनभित्रै हुने जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता गाओ फेंगले बिहीबार भने, ‘दुवै पक्षले आगामी केही दिनमै वार्तामा बस्न सहमत भएका छन्।’ यसअघि गत शनिबार दुवै देशबीच पहिलो चरणको सम्झौता कार्यान्वयनको लागि वार्तामा बस्ने मिति तोकिए पनि स्थगित भएको थियो।

मंगलबारमात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोना महामारी रोक्न पहल नगरेकोले आफू बेखुसी भएको बताउँदै वार्ता सारेको टिप्पणी गरेका थिए। २०१९ डिसेम्बरमा चीनको हुवेई प्रान्तको वुहान सहरबाट महामारी सुरु भएको थियो।

त्यसयता अमेरिका र चीनबीच तनाव बढ्दै गएको छ। ट्रम्प भाइरसलाई लिएर चीनप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन्। महामारीअघि नै दुई देशले पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार चीनले व्यापक मात्रामा अमेरिकी कृषि वस्तु किन्नुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .