ad ad

कारोबार


मेघौली सेराईलाई ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कार

मेघौली सेराईलाई ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कार

नेपालखबर
भदौ ३, २०७७ बुधबार ११:२६,

चितवन राष्ट्रिय निकुञ्जस्थित ताज सफारीको मेघौली सेराईलाई ‘ट्रिपएड्भाइजर’को ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कारद्वारा सम्मानित गरिएको छ।

विश्वकै ठूलो यात्रा प्लेटफर्म ‘ट्रिपएड्भाइजर’ले १८औं वार्षिक ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कार विजेताहरू घोषणा गरेको हो। ‘ट्रिपएड्भाइजर’ले सेवा, सर्त, गुणस्तर र ग्राहक सन्तुष्टिका आधारमा विश्वभरका गन्तव्य, रेस्टुराँ तथा होटलहरूलाई पुरस्कृत गर्दछ। यिनै मानकका आधारमा ‘ट्रिपएड्भाइजर’ले होटल र रिसोर्टहरूको शीर्ष १० प्रतिशतमा परेको मेघौली सेराईलाई सम्मानित गरेको हो।

‘यस सम्मानबाट हामी धेरै खुशी छौं, हामीलाई समर्थन गर्ने अतिथिहरूलाई धन्यवाद दिन चाहन्छौं’ ‘लाइफस्टाइल कलेक्टिभ’का सीओओ प्रीत सिंहले कृतज्ञता व्यक्त गर्दै भने ‘अहिले हामी पर्यटनको नयाँ आयाममा प्रवेश गरिरहेका छौं, यो सम्मानले अझ उत्कृष्ट सेवा दिन हामीलाई उत्प्रेरित गरेको छ।’

जंगलको मुटु, सुरक्षित आश्रय
मेघौली सेराईमा सुरक्षित आश्रय प्रत्याभूतिका लागि विश्वका स्वास्थ्य विशेषज्ञहरू, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का साथै नेपालको रोग नियन्त्रण केन्द्रबाट प्राप्त निर्देशन तथा सुझाव कडाइका साथ पालना गरिन्छ।

मेघौली सेराईले अतिथि र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सम्पूर्ण सावधानी अपनाएको छ। स्यानिटाइजेसन र सरसफाइमा विशेष ध्यान दिएको छ। अतिथिको सुरक्षाका लागि उनीहरूको बसाइ अवधिभर सीमित सम्पर्क र सामाजिक÷भौतिक दूरी कायम गरिएको छ।

स्थानीय स्वाद र विलासिताको मिश्रण
यस लजमा जंगलका दृश्य हेर्न पाइने १२ वटा कोठा छन्। १६ वटा निजी पुल भएका भिल्ला र आलिशान राप्ती महल प्रेसिडेन्सियल स्विट लगायतमा स्थानीय कलाकृतिको सजावट देख्न पाइन्छ। नेवारी र थारू संस्कृति झल्काउने ढोका र प्राकृतिक रंग प्रयोगले यस लजका शोभा बढाएका छन्।

जिप सफारी र जंगल पदयात्राले अतिथिहरूलाई प्राकृतिक सौन्दर्यको अनुभूति लिने मौका दिन्छ। स्थानीय थारू गाउँको पदयात्राले परम्परागत गाउँको जीवनशैली बुझ्न सघाउँछ। साथै, अतिथिहरूले स्थानीय पेय पदार्थ र घरेलु अचारकोे स्वाद पनि लिन पाउँछन्। राप्ती खोलामा क्यानोइङ या हिमालयन फेदमा ट्रेकिङ पनि गर्न सकिन्छ।

सीजी हस्पिटालिटीको बारेमा
सीजी हस्पिटालिटी एसिया, अफ्रिकादेखि मध्यपूर्वसम्म फैलिएको छ। ती स्थानका होटल, रिसोर्ट र स्पाहरूमा अतिथिहरूको सेवा र सत्कारका लागि विशिष्टीकृत अवधारणा अपनाइएको छ। सीजी हस्पिटालिटीका १० वटा राष्ट्रमा रहेका १०६ होटलमा विभिन्न ब्रान्ड र वर्गअन्तर्गत ५,५१२ कोठा उपलब्ध छन्।

ताज सफारी ब्रान्डको साथमा सीजी हस्पिटालिटीद्वारा सञ्चालित मेघौली सेराई विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जस्थित राप्ती नदी किनारमा स्थापित पाँचतारे जंगल लज हो। एसियाका निकुञ्जहरूमध्ये चितवन राष्ट्रिय निकुञ्जलाई उत्कृष्ट मानिन्छ।

यसअघि मेघौली सेराईलाई ‘साउथ एसियन ट्राभल अवार्डस् २०१८’ अन्तर्गत दक्षिण एसिया र नेपालको सर्वश्रेष्ठ वाइल्डलाइफ रिसोर्ट/होटल अवार्डले सम्मानित गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .