ad ad

कारोबार


माछापुच्छ्रे बैंक लि र नेपाल बार एसोसिएसनबीच व्यावसायिक सम्झौता

माछापुच्छ्रे बैंक लि र नेपाल बार एसोसिएसनबीच व्यावसायिक सम्झौता

नेपालखबर
भदौ २, २०७७ मंगलबार १२:४१,

माछापुच्छ्रे बैंक लि. र नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ।

बैंकले एसोसिएसनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आबद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको हो।

माछापुच्छ्रे बैंक र एसोसिएसनबीच भएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा एसोसिएसनको तर्फबाट महासचिव लीलामणि पौडेलले हस्ताक्षर गरेका हुन्।

नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनको रुपमा रहेको नेपाल बार एसोसिएसनमा करिब २० हजार सदस्यहरु आबद्ध रहेका छन्। सम्झौतापछि नेपाल बार एसोसिएसनका सदस्यहरुले माछापुच्छ्रे बैंक लिका सम्पूर्ण शाखाहरुमार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सेवाहरुमा विशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन्।

सरल र सहज रुपमा ग्राहकहरुलाई विभिन्न आर्कष योजनाका साथ सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाट चार्टड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एसाेसिएसनलगायतका संस्थासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध व्यक्ति तथा संस्थाहरुलाई विशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्देश्यले सम्झौता गरेको थियो ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९७ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएसमार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .