ad ad

कारोबार


अमेरिकी बजारमा मूल्य आकाशिएको मौका छोप्दै चिनियाँ अर्बपतिले बेचे अर्बौँको सेयर

अमेरिकी बजारमा मूल्य आकाशिएको मौका छोप्दै चिनियाँ अर्बपतिले बेचे अर्बौँको सेयर

नेपालखबर
साउन ८, २०७७ बिहिबार ८:३६,

चीनका तीन चर्चित प्रविधि क्षेत्रका अर्बपतिले अमेरिका र हङकङको बजारमा सेयर बढेको मौका छोपी अर्बौँको सेयर बिक्री गरेका छन्।

चर्चित म्यागजिन फोर्ब्सका अनुसार अलिबाबाका ज्याक मा, पिन्डुओडुओका कोलिन हुआङ र टेन्सेन्टका मा हुआटेंगले अमेरिकामा सेयरबजार तातेको बेला फाइदा उठाएका हुन्।

अमेरिका र हङकङमा सेयरबजारमा उछाल आउँदा अर्बपतिहरु सेयर बिक्री वा हस्तान्तरणमा सक्रिय भएका हुन्। अघिल्लो वर्षमात्रै अलिबाबाको कार्यकारी प्रमुख छाडेका माले कम्पनीको ६ प्रतिशत सेयरलाई घटाएर ४.८ प्रतिशतमा झारेका छन्।

उनले हङकङमा नोभेम्बरमा भएको कम्पनीको सेकेन्डरी लिस्टिङमा सेयर स्वामित्व घटाएका थिए। उनीसँग ४८ अर्ब ८० करोड डलर सम्पत्ति छ। तर अलिबाबाले कति सेयर बेचे भन्ने खुलाएको छैन।

अलिबाबा न्युयोर्कमा पनि सूचीकृत कम्पनी हो। नोभेम्बरमा ६ प्रतिशत स्वामित्व रहेको कम्पनीले बताएयता अलिबाबाको सेयर ४१ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ। उनले करिब ५ अर्ब डलरको सेयर बेचेको फोर्ब्सले बताएको छ।

अलिबाबाकै कार्यकारी उपप्रमुख जोसेफ त्साईले पनि १ अर्ब ४० करोड डलरको सेयर बेचेर १.९ प्रतिशत स्वामित्व १.६ प्रतिशतमा झारेका छन्। ताइवानमा जन्मिएका उनीसँग १२ अर्ब ९० करोड डलर सम्पत्ति रहेको अनुमान छ। उनी हङकङ बस्दै आएका छन्।

त्यस्तै शपिङ प्लेटफर्म पिन्डुओडुओले पनि आफ्ना संस्थापक कोलिन हुआङले पनि सोही समयमा अमेरिकी नास्डाकमा सूचीकृत सेयर हस्तान्तरण गरेको जनाएको छ। उनले कम्पनीको ४४.३ प्रतिशतबाट २९.४ प्रतिशत स्वामित्वमा झारेका छन्। त्यस्तै टेन्सेन्टका माले ५५ करोड डलरको सेयर हङकङ लिस्टिङबाट जुनमा र अर्को २६ करोड डलरको सेयर जनवरीमा हस्तान्तरण गरेका छन्। मा अहिले चीनकै ठूला अर्बपति हुन्। उनीसँग ६१ अर्ब ८० करोड डलर सम्पत्ति छ।

पिन्डुओडुओको नास्डाकमा सूचीकृत सेयर करिब दोब्बरले बढेको थियो। त्यस्तै यो वर्ष अलिबाबाको सेयर एनवाईएसईमा १६ प्रतिशतले बढेको थियो। यता हङकङमा टेन्सेन्टको सेयर पनि यो वर्ष ४५ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .