ad ad

कारोबार


एक लाख रोजगारी सिर्जना गर्न विश्व बैंकबाट साढे ४ अर्ब ऋण

एक लाख रोजगारी सिर्जना गर्न विश्व बैंकबाट साढे ४ अर्ब ऋण

नेपालखबर
साउन ५, २०७७ सोमबार ७:४,

सरकारले विश्व बैंकसँग साढे ४ अर्व ऋण लिएर युवाका लागि रोजगारी कार्यक्रम सुरु गर्ने भएको छ।

युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा यस वर्ष ११ अर्व ६० करोड २७ लाख रुपैयाँ खर्च गर्न लागिएको हो।

यस वर्ष मात्रै परियोजनाबाट एक लाख जनाले रोजगारी पाउने श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सहसचिव सुमन घिमिरेले बताए।

घिमिरेका अनुसार ती एक लाखमध्ये ६० हजार महिला हुनेछन्। उनीहरुले वर्षमा कम्तिमा एक सय दिनको रोजगारी पाउने छन्।

यो परियोजना अन्तरगत कुल १४ अर्व खर्च गर्ने सरकारको तयारी छ। त्यसमध्ये ६ अर्ब रुपैयाँ स्थानीय तहमा पठाइनेछ।

आयोजनाको सोमबार श्रममन्त्री रामेश्वर राय यादवले उद्घाटन गरेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले भने, ‘यो संकटमा धेरैले रोजगारी गुमाउनु परेको अवस्था छ। सरकारले रोजगारीका अवसर सिर्जना गर्न लागेको छ। नीति तथा कार्यक्रमबाट पनि यसलाई सहयोग प्राप्त भएको छ।’

स्थानीय र प्रदेश सरकारले पनि रोजगारीलाई प्राथमिकता दिइरहेको मन्त्री यादवले बताए।

विश्वभर रोजगारीमा संकुचन आएको भन्दै मन्त्री यादवले भने, ‘निम्नवर्गीय श्रमिकका परिवारमा बढी समस्या देखिएको छ। व्यवसायिक तथा सिप विकासलाई उच्च प्राथमिकता दिइरहेका छौं। यस क्षेत्रमा काम गर्ने सबैसँग साझेदारी गर्न समन्वय गर्छौं।’

विश्व बैंकको आर्थिक सहयोगमा प्रधानमन्त्री रोजगार कार्यक्रममा विपन्न र महिला लक्षित रोजगार कार्यक्रम देशभरी संचनालनमा आउने उनले बताए।

थप दुई लाखलाई न्युनतम रोजगारीको सुनिश्चितता गरिने दाबी गर्दै चालु आर्थिक वर्षभित्रै बेरोजगारको विवरण र रोजगारीको संभावित क्षेत्र समेत माग र पूर्ति पक्ष श्रमिक सूचना पद्धती सहितको सूचना प्रणाली सञ्चालनमा ल्याइने उनले बताए।

सबै रोजगार सेवा केन्द्रमा जनशक्ति थप्ने सरकारको तयारी छ।

गतवर्ष खर्चको मोडालिटि (ढाचा) मा कुरा नमिल्दा वल्र्ड बैंकबाट सहयोग आउन सकेको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .