ad ad

कारोबार


ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, साउनदेखि लागू हुने

ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, साउनदेखि लागू हुने

नेपालखबर
असार ३१, २०७७ बुधबार ११:१९,

ग्लोबल आईएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले साउन १ गतेदेखि लागू हुने गरी निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैंकद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार साधारण बचतका सबै प्रकारका बचत खातामा ०.५ देखि १ प्रतिशतसम्म प्रतिशतसम्म ब्याजदर घटाएको छ। साथै, मुद्दती खातातर्फ पनि व्यक्ति गत र संस्थागत दुवैतर्फको ब्याजदर ०.५ प्रतिशत घटाएको छ ।

बैंकले गत चैत महिनामा ब्याजदर प्रकाशित गर्दा ३ महिने मुद्दती निक्षेपमा संस्थागत तर्फ ७ प्रतिशत र सोभन्दा माथि ७.१० प्रतिशत र व्यक्तिगत तर्फ ८.२५ प्रतिशत ब्याज दिने उल्लेख गरेको थियो ।

तर साउनदेखि लागू हुने गरी बैंकले ३ महिने मुद्दती निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र सोभन्दा माथि ६.६० प्रतिशत र व्यक्तिगततर्फ ७.७५ प्रतिशत ब्याज दिने उल्लेख गरेको थियो। बैंकले एनआरएन मुद्दतीको पनि चैतभन्दा ०.५ घटाएर ३ महिनाभन्दा माथिका मुद्दती खातामा ७.७५ प्रतिशत ब्याज दिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .