ad ad

कारोबार


एक नाममा २ वटा मात्र सिमकार्ड, नेपाल टेलिकमको भने ३ वटासम्म प्रयोग गर्न पाइने

एक नाममा २ वटा मात्र सिमकार्ड, नेपाल टेलिकमको भने ३ वटासम्म प्रयोग गर्न पाइने

नेपालखबर
असार २२, २०७७ सोमबार ९:५४,

अब एक मोबाइल सेवा प्रदायकको सिम २ वटासम्म मात्र प्रयोग गर्न पाइने भएको छ। एक उपभोक्ताले कुनै पनि सेवा प्रदायकबाट आफ्नो नाममा २ भन्दा धेरै सिमकार्ड प्रयोग गर्न नपाइने भएको हो।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले असार ११ गते उक्त निर्णय गर्दै सेवा प्रदायकलाई निर्देशन दिइसकेको छ।

‘एक सेवा प्रदायकले एक व्यक्तिको नाममा दुईवटा सिम वा रिम कार्ड दिन सक्नेछन्’, नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने, ‘सबै सेवा प्रदायकलाई यो निर्देशन जारी भइसकेको छ।’

त्यस्तै, नाबालिगले अभिभावकको अनुमतिमा एउटा मात्र सिम आफ्नो नाममा झिक्न पाउनेछन्।

सीडीएमएजस्ता अन्य सेवा पनि प्रयोग गरिरहेको नेपाल टेलिकमको हकमा भने एकै व्यक्तिको नाममा ३ वटा सिम वा रिम प्रयोग गर्न पाइने अर्यालले बताए।

एउटै व्यक्तिको नाममा धेरै सिम प्रयोग हुँदा दुरुपयोग हुनसक्ने, आपराधिक क्रियाकलापमा प्रयोग हुनसक्ने र सुरक्षाको खतरा हुनसक्ने भएकाले यो निर्णय गरिएको हो।

डिजिटल भुक्तानीमा समस्या हुनसक्ने र विभिन्न सेवा प्रभावमा धेरै सिम प्रयोग गर्दा समस्या हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको अर्यालले बताए।

साथै, एक जनाको नामको सिम अरुले प्रयोग गर्दा गोपनीयता बाहिरिनसक्ने सम्भावना रहन्छ। यो अन्तर्राष्ट्रिय अभ्यास समेत रहेको अर्यालले बताए।

दुईभन्दा धेरै सिम लिइसकेको विषयमा भने थप निर्णय गर्ने उनले बताए।

‘दुईभन्दा धेरै सिम दिएको हकमा के गर्ने भन्ने थप निर्णय हुन्छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .